पार्टी एकता भएपनि राजसंस्था छाडेन राप्रपाले

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन पछि पनि संवैधानिक राजसंस्थाको एजेण्डा नछाड्ने पक्कापक्की भएको छ । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा शुरू भएको राप्रपाको महाधिवशनको बन्द शत्रमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको संवैधानिक राजसंस्था र हिन्दुराज्य सहितको प्रतिवेदन पारित हुने भएपछि राप्रपाले राजस्थाको एजेण्डा नछाड्ने भएको हो ।

दुई अलग धारमा रहेका राप्रपा र राप्रपा नेपालवीच एकता भए पश्चात महाधिवशेन भएपनि राप्रपा नेपालले यसअघि उठाउँदै आएका एजेण्डा नै अघि बढ्ने संकेत देखिएको हो । राप्रपाले अघि सारेको संवैधानिक राजसंस्था बंशिय परम्परमा आधारित नै हो ।

राप्रपाको जारी एकता महाधिवशेनमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमा छलफल भइरहेको छ । राप्रपाको एकता महाधिवेशनमा उठ्ने केन्द्रीय सदस्य तथा पदाधिकारी अन्तिम नामावली भने आइतबार बलुकासम्म सार्वजजिक हुने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको एकता महाधिवेशनमा देशभरबाट गरेर ३ हजार ३ सय १५ प्रतिनिधि सहभागी छन् ।

तपाईको प्रतिक्रिया