राप्रपाको एकता महाधिवेशनमा सडक ब्लक गरिदा सर्वसाधारणलाई सास्ती

काठमाडौं–शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा शुरू भएको राप्रपाको महाधिवेशनका कारण भृकुटीमण्डपबाट रन्तपार्क र पुतलीसडक आउने बाटो ब्लक गरिदा सर्वसाधारण सास्ती भएका छन् ।

शुक्रबार राप्रपाको महाधिवेशन उद्घाट शत्र सडकबाट गरिएको थियो । जसका कारण यो सडक भएर आहोरो दाहोर सवारी साधनलाई अप्ठेरो परेको हो । यो सडक शनिबार पनि राप्रपाकै कार्यकताका भीडका कारण ब्लक गरिएको छ ।

कुनै पनि सभा समारोह गर्दा सर्वसाधारणलाई दुख दिन नपाइने भएपनि बेला–बेलामा राजनीतिक दलहरूको सभा सम्मेलनकै कारण ब्लक हुने गरेको छ ।

तपाईको प्रतिक्रिया