नेपाल आयल निगमको चरम लापरवाही, बजारमा डिजल पट्रोलको अभाव

दिप्ती भट्ट–काठमाडौं– नेपाल आयल निगमको चरम लापरवाही कारण शनिबार काठमाडौं उपत्यकाका अधिकांश पट्रोल पम्म बन्द छन् । निगमको थानकोट डिपोले शुक्रबार सन्तुलित तबरले पट्रोल वितरण नगर्दा बजारमा पट्रोलियम पदार्थको अभाव भएको हो । नेपाल आयल निगमको थानकोट डिपोले शुक्रबार आधा दिन मात्र पट्रोल वितरण गरेको थियो ।

हिजो वितरण गरेको डिजल पट्रोल हिजो नै सकिएपछि शनिबार बजारमा पट्रोलियम पदार्थको अभाव भएको हो । उसै त शनिबार नेपाल आयल निगमको थानकोट डिपोले सार्वजजिक विदा भन्दै डिजल पट्रोल वितरण गर्दैन ।

पट्रोल व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको लापरवाहीका कारण समय समयमा सार्वजनिक विदाको दिन पट्रोलियम पद्धार्थको अभाव हुदै आएको छ ।

तपाईको प्रतिक्रिया