भेटघाटको थलो बन्दै लेखनाथ महोत्सव

कास्की–कास्कीको तालचोकमा जारी लेखनाथ महोत्सव आफन्त भेटवार्ता र उत्सव गर्ने थलो बनेको छ । मेलाको एक पटक त अवलोकन गरौं भनेर महोत्सवमा आएकी लेखनाथ १७ कि सन्ध्या दाहालले महोत्सव स्थलमा आफन्त भटेर सुख दु:ख र सन्चो विसन्चोका बारेमा जानकारी लिन पाउदा खुसी लागेको कुरा सुनाईन् ।

यता लेखनाथ १५ का स्थानीय वासी उत्तम वस्नेतले यसले आफ्ना आफन्तलाई भेट्ने मौका मिलेको झण्डै ३० वर्ष अगाडी हराएका साथीभाईलाई पनि यस महोत्सवमा भेट्न पाउँदा आफु अत्यन्तै हर्षित भएको लेखनाथ वडा नं.९ का महोत्सवका कृषि संयोजक दयाराम दाहालले व्यवसायीहरुको र घरघरवाट उत्पादन भएको सामानहरु वेचविखन भेटघाट गर्ने थलोको रुपमा विकसित भएको वताए ।

यसैगरी जापानी नागरीकले महोत्सव आएर धेरै खुखी भएको नाचेको र नेपाल अतिनै सुन्दर भएको जनाए । महोत्सवको थप आर्कषणका रुपमा रत्यौली गीत प्रतियोगिताले विवाह कै झल्को दिने गरेको छ । बाजा, विवाह मण्डप र बेहुला बेहुलीलाई सझाउदै देखाएको रत्यौलीलाई दर्शकहरुले अभिरुचिका साथ मनपराएका छन । लेखनाथ महोत्सवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारा प्रतियोगीताले पनि दर्शकलाई महोत्सवसम्म तान्न भूमिका खेलेको छ ।

तपाईको प्रतिक्रिया