माओवादीको महाधिवशेन रोल्पाको थवाङमा जारी

रोल्पा–विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्र विहिवारदेखी रोल्पाको थबाङमा जारी छ । देशभरबाट आएका आठ सय प्रतिनिधि तथा पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएका छन् । यस्तै भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायतका देशबाट पनि प्रतिनिधिको सहभागीता छ ।

बन्द सत्रको पहिलो दिन विहिवार महासचिवको राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान प्रस्तुत भएको छ । प्रतिवेदन तथा विधानमाथि शुक्रवार टिप्पणी तथा समूहगत छलफल हुने बताइएको छ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्ऽीय सदस्य एवम् अञ्चल ब्यूरो र हरेक जिल्लाबाट १० जनाका दरले प्रतिनिधि सहभागी छन ।

महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको छ । फागुन १ गते काठमाडौको खुलामञ्चमा उद्घाटन भएको आठौ महाधिवेशनको बन्दसत्र फागुन १० गते नयाा नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

बन्द सत्रका लागि दुई महिनाअघिदेखि तयारी थालिएको थियो । स्वागतद्वार, ध्वजा, ब्यानर, झन्डाले थबाङ सजाइएको छ ।

Published On:  578पटक हेरिएको

तपाईको प्रतिक्रिया