निर्वाचन सफल बनाउन प्रधानमन्त्रीको आग्रह

रोल्पा–प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि सबैलाई आग्रह गर्नुभएको छ । आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संविधानमै स्पष्ट किटान गरिएको उल्लेख गर्दै उहाँले सहयोगका लागि अपिल गर्नुभएको हो ।

रोल्पाको लिबाङमा शुक्रबार प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले एक थरी संविधान कार्यान्वयन हुन नदिने चलखेलमा रहेका र अर्काे थरी संघियता लागु गर्न नदिने चलखेलमा लागेको बताउनुभयो ।

आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संविधानमा व्यवस्था रहेकाले जसरी पनि चुनाव गरी संघियता सहितको संविधान कार्यान्वयन गर्न आफू लागिरहेको उल्लेख गर्नुभयो ।
संघियता मार्फत सिंह दरबारमा केन्द्रीत जनताको अधिकारलाई गाउा–गाउामा पुर्‍याउन संविधान कार्यान्वय गर्नैपर्ने उहााले बताउनुभयो ।

तपाईको प्रतिक्रिया