कस्ले के भने राप्रपाको एकता महाधिवेशनमा ?

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवशेन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा शुरू भएको छ । अगल रूपमा रहेका राष्ट्रिय प्रजातनत्र पार्टी र राष्ट्रिय राष्ट्रिय प्रजातनत्र पार्टी नेपालवीच एकता भएपछि एकता महाधिवेशन गरिएको हो । एकता महाधिवशेनको उद्घान शत्रमा विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नै धारणा राखेका थिए । उद्घाटन शत्रमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पार्टी कांग्रेसकै लाइनमा आएको दाबि गर्नुैभयो ।

उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रधानमनत्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमै राजनीतिक दलहरू अप्ठेरो सक्रमणकालबाट अघि बढेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधान जारी गर्ने बेलामा नै असन्तुष्टका माग सम्बोधन गर्न प्रमुख दल सहमत भइसकेको जिकिर गर्नुभयो । उहाँले मधेश पहाड हिमालका बसोवास गर्ने मधेशी, आदिवासी, जनजाति महिला उत्पीडितलाई संविधानले समेट्ने बताउनुभयो । सभापति देउवाले बहुदलीय व्यवस्था नै प्रजातन्त्रको मुटु भएको भन्दैे बहुदलीय व्यवस्थामा जनताले मत दिएर जिताएको पार्टीले मात्र जनअपेक्षा पूरा गर्न सक्ने बताउनुभयो ।

उहाँले मधेशको माग संम्बोधन गर्न संविधान संसोधन प्रस्ताव पारित हुनुपर्ने बताउनुभयो । उद्घाटन शत्रमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो हुँ भन्ने दल नै आफ्नो एजेण्डामा अगिड नहुँदा राजनीतिक गतिरोध लम्बिदै गएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अब राप्रपाले एमालेबाहेक अरुलाई धक्का दिन सक्ने पनि बताउनुभयो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको सन्र्दभमा राप्रपा नेपाल देशलाई निकास दिने बैकल्पिक शक्ति भएको दाबि गर्नुभयो । अध्यक्ष थापाले राष्ट्र निर्माणको बलियो शक्तिको रूपमा उभिन दुई राप्रपावीच एकीकरण भएको बताउनुभयो ।
उद्घाटन शत्रमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्चदारले मधेशको मुद्दालाई समेटेर संविधान शंसोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै तराइृ मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष ह्देयश त्रिपाठीलेराष्ट्रवादका नाममा मधेशलाई पाखा लगाउने काम भए त्यसैले राम्रो परिणाम नदिने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया