विद्युत उत्पादनमा चमत्कारी फड्को, अगामी तीन बर्षमा विगत सय बर्ष जतिकै विद्युत उत्पादन हुने

काठमाडौं–पछिल्लो समय उर्जा क्षेत्रमा केही आसा लाग्दा प्रयास भएका छन् । सरकारले जलविद्युत उत्पादनमा जोड दिन थालेपछि अबको केही बर्षमा नेपाललाई पुग्ने विद्युत उत्पादन हुने आँकलन गरिएको छ ।

अहिले नेपालमा आठ सय मेघावाट विद्युतको वितरण हुँदै आएको छ । सरकारले अबको तीन बर्ष भित्र अहिले वितरण भइरहकै परिणाममा विद्युत उत्पादन गर्ने दावि समेत गरेको छ । विं सं १९६८ मा बेलायतको सहयोगमा नेपालमा पहिलोपटक पाँच सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि अन्य साना तथा मझौला जलविद्युत आयोजनाको निर्माण हुँदै गए । पछिल्लो समय सरकारले उच्च प्राथमिकता दिन थालेपछि जलविद्युत आयोजना निर्माणले गति लिन थालेको विज्ञहरुको भनाइ छ ।

\अहिलेसम्मको अवस्था हेर्दा साना तथा मझौला खालका जलविद्युत आयोजना निर्माण गर्न कम्तीमा ३ देखि पाँच वर्ष लाग्ने गरेको छ । खासगरी, २०६२ र ०६३ को जनआन्दोलनपछि आयोजना निर्माणले गति केही गति लिएका छन् ।

तपाईको प्रतिक्रिया