बलेको आँगोमा खाली खुट्टा कुद्ने खली परम्परा

सुसिलबन्धु थापा–भक्तपुर । २१ औ शताब्दीको यो जमानामा परम्परागत खली हाल्ने परम्परा भक्तपुरमा अझै कायम छ । विशेष गरी क्षत्री जातीभित्रको विभिन्न थरहरुले यो परम्परा विगतदेखि नै अंगाल्दै आइरहेका छन् । सयौं भारी दाउराको चााग बनाएर आगोको कोइलामाथि टेक्दै खली कोइला निभाएर बायु उत्तारने भक्तपुरको पुरानो परम्परा अझै कायम छ ।

भक्तपुरको ताथली स्थित फैढोकामा खुलाल बुढाथोकीको धनन्जन्य गोत्रको  आगोमाथि उफ्रिने गर्छन ।  उफ्रिएर बायू निकाल्ने उनको भनाई छ । कुलको बायु उर्तान १० वर्षका बालकदेखि ५१ वर्षसम्मका मानिसहरु थिए । उनीहरुले आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि बायू आएको मानिन्छ । बायु उर्ताने गुरु सन्तोष कार्कीले यो परम्परा विगतदेखि नै चल्दै आएको बताउनुभयो । धेरै ठाउामा कुलभित्रका कोही ब्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने उहााले बताउनुभयो ।

कुलका पुराना थामी पुस्कर बुढाथोकीले नाया बायु निकालेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने भएकाले यस्तो गर्नुपरेको बताउनुभयो । गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरेपनि निको नभएको कारण यो समस्या कुल रिसाएकै कारण भएकाले खली हालेर शान्ति मिलेको उहााले बताउनुभयो ।

तपाईको प्रतिक्रिया