दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाईते

विवेश श्रेष्ठ– ओखलढुंगा । ओखलढुंगामा आजभएको छुट्टाछुट्टै दुर्घटनामा परि १ को मृत्यु र १ घाईते भएका छन् । मृत्यु हुनेमा खिजीफलाटे गाविसका ४५ वर्षका ज्ञान बहादुर सुनुवार रहेकाछन् । रावादोलुगाविसमा घडेरी सम्याउने क्रममा डोजरले किचेर उनको मृत्यु भएको हो ।
मंगलबार बिहान घडेरी खन्ने क्रममा डोजरको बकेटले किचेर सुनुवारको ज्यानगएको हो । डोजर घुमाउदा बकेटले किचेर सुनुवारको घटनास्थलमै ज्यानगएको छ । चालक रामेछापका बुद्धिबहादुर मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धानथालेको प्रहरीले जनाएको छ ।
त्यस्तै ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका वडा नं. ५ को जिविस बसपार्क नजिकबोलेरोले ठक्कर दिँदासिनपा ५ निवासी टिकधन गुरुङ घाईते भएका छन् । बा १३ च ३१०६ नम्बरको बलेरो जिपले ठक्कर दिदा गुरुङ घाईते भएकाहुन ।

बोलेरोमा सामानलोड गर्ने क्रममाअचानक गाडि गुडेर ठक्कर दिएको हो । बोलेरोले जिविस चोकमा रहेको मनकामनावर्कसपमापनिक्षतिपुर्याएको छ ।

घाईतेलाई सामुदायीकमिसन अस्पतालमा उपचार पछि आजै डिस्चार्ज गरिएको छ । ड्राईभरको लापरबाहिकाकारण उक्त घटना घटेको भन्दै बरुणेश्वर गाविस ढुस्केका गाडि साहु तथाचालक सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमाआवश्यक अनुसन्धान भै रहेको जिल्लाप्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । शोमबार मात्रै ओखलढुंगा कै विगुटार गाविसमाजिप दुर्घटना हुँदा ३ जना घाईते भएकाथिए ।

तपाईको प्रतिक्रिया