उडिरहेको जहाजमा एक्कासी इन्धन गन्हाएपछि

एजेन्सी–अमेरिकाको सिकागोबाट उडेको व्रिटिश एयरवेजको एउटा जहाज इन्धनको गन्ध आएपछि केही समयपछि पुन: सिकागो विमानस्थलमै फर्किएको छ । इन्धनको गन्ध विमानभित्र फैलिएपछि विमान फर्काइएको समाचार संस्थाहरू जनाएका छन् । बीए २९६ लाइट सिकागोबाट लन्डनका लागि उडेको थियो ।
उडेको केही समयपछि विमानभित्र इन्धनको कडा गन्ध फैलिएको थियो । तेलको गन्धले विमान चालक तथा यात्रुलाई असजिलो अनुभव भएको थियो ।

तपाईको प्रतिक्रिया