चितवन । सदस्यता सुद्घिकरण लगाएतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार महासंघ चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ ।
क्रान्तिकारी पत्रकारहरु महासंघ पुगी आज तालाबन्दी गरेका हुन् । महासंघ चितवनका अध्यक्ष सूर्य बरालले आफूहरूको माग बारे पत्रकार महासंघलाई जानकारी गराई सक्दा पनि माग सुनुवाई नभएकाले बाध्यभएर तालाबन्दी गर्नु परेको बताए । बरालले नयाँ सदस्यता थप्दा क्रियाशिलतामा ध्यान नदिई आ–आफ्नो मान्छेलाई दिएको र गैर पत्रकारहरुलाई सदस्यता दिईएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको बताए । उनले आफूहरुले महासंघमा टाँगेको कालो व्यानर रातीको समयामा च्यातेको र मागप्रति बेवास्ता गरिएकोले फागुन ५ गतेसम्मका लागि तालाबन्दी गरिएको जानकारी दिए । यस अवधिमा पनि आफूहरुको माग पुरा नभए थप अनिश्तिकालिन तालाबन्दी गरिने जानकारी दिए ।
महासंघले पेशामा क्रियाशीललाई मात्र सदस्यता दिनुपर्ने भन्दै पेशा छोडिसकेका, विदेश गएका र निश्किृ्रयलाई छानविन गरी गैर पत्रकारहरुको सदस्यता अविलम्ब खारेज गरिनुपर्ने माग राखेको छ ।