काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले ०७३ साल फागुनभर सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ ।
छुट व्यवस्था अनुसार यात्रुले कूल रु. ७ सय पर्ने केबलकार टिकट रु. ३ सय पचासमा प्राप्त गर्न सक्नेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने कम्पनीले विज्ञप्तीमार्फत जानकारी गराएको छ । यो सुविधा अन्तर्गतको टिकट लिनका लागि कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्नुहुनेछ भने यसरी लिईएको टिकट सोही दिनका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्ने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको नि: शूल्क बस सेवाको व्यवस्था समेत गरिरहेको छ ।
बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुादै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुादै चन्द्रागिरिसम्म केबलकार पुग्ने व्यवस्था मिलाएको छ । केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिने जानकारी लिमिटेडले जनाएको छ ।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले लिमिटेड स्थापना गरिएको कम्पनीले जनाएको छ ।