सरकारकै कारण गतिरोध लम्बिएको कमल थापाको आरोप

काठमाडौं–सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारकै अकर्मण्यताका कारण राजनीतिक गतिरोध लम्बिएको आरोप लगाउनुभएको छ । सरकारको ध्यान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित नभएको आरोप लगाउादै अध्यक्ष थापाले सरकारको हेलचेक्राईं र बलमिच्याईंका कारण राजनीतिक स्थिति जटिल बनेको बताउनु भएको हो ।

काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहााले प्रमुख भनिने दलहरुकै कारण समस्या बढेको जिकिर गर्नुभयो ।

निर्वाचन सम्बन्धी सबै विधेयकहरु संसदबाट पारित भइनसकेको स्थितिमा १० दिनसम्म संसद स्थगित गर्नु र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हेरफेर गराउन खोज्नुले सरकारको नियतमाथि शंका भएको अध्यक्ष थापाको भनाई थियो ।

Published On:  406पटक हेरिएको

तपाईको प्रतिक्रिया