स्ववियु चुनावको माहोल

काठमाडौं–आठ बर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थि यूनियको चुनावका लागि अहिले विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्नै तयारीमा छन् । विगत आठ बर्षसम्म विभिन्न विवादका कारण स्ववियुको चुनाव हुन सकेको थिएन । हरेक २/२ वर्षमा हुनुपर्ने स्ववियु चुनाव आगमी १४ गतेका लागि घोषणा भएको छ ।

यसअघि उमेर हद लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद गरेका विद्यार्थी संघ, संगठनहरु यसपाली २८ वर्षे उमेर हदबन्दी लगाउन सहमत भएपछि चुनावको मिति घोषणा भएको हो । विद्यार्थीको हकहितका लागि भन्दै ०३६ सालदेखि शुरु भएको स्वतन्त्र विद्यार्थी यूनियन गठन भएको थियो । यसअघि उमेर हदबन्दी लगाउने विषयमा असहमति जाहेर गर्दै आएको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ २८ वर्षे हदबन्दी लगाएर चुनाव गर्न सहमत भएको हो ।

गत बर्ष पनि जेठ १८ गतेका लागि घोषणा गरिएको चुनावको प्रक्रियाकै बारेमा बिरोध गरिरहेका विद्यार्थी संगठनहरु अन्तत: मिलेपनि विद्यार्थी भर्नाको विषयलाई लिएर रोकिएको थियो । चुनावका बेला फर्जी विद्यार्थी भर्ना गरेको भन्दै यसअघि विद्यार्थी संगठनहरूले विवाद गरेपछि यसवर्ष विश्वविद्यालयले चुनावको मिति घोषणा गरे लगत्तै नयाँ भर्ना रोकिसकेको छ ।

तपाईको प्रतिक्रिया