काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौमा भएको कार्यक्रममा निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाउादै नेता खनालले २०७४ साल माघभित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक वाध्यता भएकाले तत्काल स्थानीय निर्वाचनको घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सरकारले निर्वाचनलाई धकेलेर मुलुकमा गम्भीर संकट ल्याउन खोजेको आरोप लगाउादै उहााले प्राप्त राजनीतिक उपलब्धीलाई जोगाउन पनि निर्वाचनमा जानुको विकल्प नभएको तर्क गर्नुभयो ।