दिप्ती भट्ट । काठमाडौं– पत्रकार रोहित भण्डारी द्वारा लिखित नेपालमै सकिन्छ नामको पुस्तक जो कोहीले पढ्ने पर्ने पुस्तक हो । यस पुस्तक स्वदेशमै केही गर्न चाहनेहरूका लागि निकै प्रेरणादायी छ । स्वदेशमै विभिन्न क्षेत्रमा काम गरेर आर्थिक रूपले आफूलाई उदारणीय पात्र बनाउन सफल व्यक्तिहरूको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ । पैसाकै लागि धेरै शिक्षित युवाहरू विदेश पलायन भइरहेको सन्र्दभमा नेपालमै थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदारण यस पुस्तकमा समावेश गरिएका छन् ।
तीन खण्डमा विभाजित यस पुस्तकमा विभिन्न विकसित देशको डिभी पीआर छाडेर नेपालमा आई काम गरेका व्यक्ति, सानो मानिदै आएका पेसाबाट पनि आफूलाई आर्थिक रूपले सम्पन्न बनाउन सफल व्यक्ति र समाजको के भन्ला नभनी निर्भिक रूपले स्वदेशमै अरूको भन्दा फरक पेसा अगाँलेका व्यक्तिहरूको प्रसङ्ग समावेश गरिएको छ । जय काली प्रकाशनले प्रकाशित गरेको यस पुस्तकको मुल्य तीन सय रूपैयाँ रहेको छ ।