‘इण्डिया सफ्ट २०१७’ मा विकाससफ्ट टेक्नोलोजी सहित २५ नेपाली स्टार्टअप युवाको समूह सहभागी हुँदै

काठमाडौं–भारतको हैदरावादमा यही फेव्रअरी १३ र १४ गते इंडिया आइटी शोको रूपमा ‘इण्डिया सफ्ट २०१७’ आयोजना हुँदै छ । इसिएसको मुख्य आयोजना र भारत सरकारको सहयोगमा हुने उक्त कार्यक्रममा सहभागी हुनलाई नेपालका तर्फबाट एक डेलिगेसन समूह जाने भएको छ । विकास सफ्ट टेक्नोलोजिका व्यवस्थापक विकास तमाङ सहित २५ स्टार्टअपका प्रतिनिधि, केहि उद्यमी र पत्रकार सहित ३२ जनाको टोलि उक्त कार्यक्रममा नेपालको डेलिगेसनको रूपमा सहभागी हुन् लागेको हो ।

विश्वका ७५ भन्दा बढी देशहरुबाट सहभागी हुने उक्त कार्यक्रममा आइसिटी क्षेत्रका पछिल्ला प्रबिधि, सफ्टवेयर, एप्प लगायतको प्रदर्शनी र कन्फरेन्समा नेपालका तर्फबाट नेतृत्व गर्नु भएका आइसिटी एसोसिएसन अफ नेपालका अध्यक्ष भेषराज पौडेलले बताए । ‘यो आइटीको अन्तराष्ट्रिय एक्स्पो हो, जसमा नेपाली उद्यमी र स्टार्टअपलाइ अन्त्यन्त राम्रो प्लेटफर्म हुनसक्छ’ उनले भने ।

उक्त कार्यक्रममा स्थानीय भारतीय सरकार, इन्डस्ट्री एण्ड कमर्सको प्रत्यक्ष सहयोग रहेको छ । उक्त आइटी एक्स्पोमा विभिन्न देशबाट ४ सय भन्दा बढी डेलिगेटस सहभागी हुनेछन् भने १ सय भन्दा बढी क्याटेगोरिजमा प्रर्दशनी हुनेछन् । आइसिटी एसोसिएसन अफ नेपालको विशेष पहलमा भारतीय दुतावासको सहयोगमा गत बर्षदेखि आइटीका युवा र उद्यमी उक्त कार्यक्रममा सहभागी हुदै आएका छन् । यस बर्ष नेपालको आइटी क्षेत्रमा नया ढंगले काम गरिरहेका स्टार्टअप युवाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागी गरिएको लिभिंग विथ आइसिटीका सम्पादक राजन लम्सालले बताए ।

इलेक्ट्रोनिक्स एण्ड कम्प्यूटर सफ्टवेयर एक्सपर्ट प्रमोशन काउन्सिल (इएससी)को आयोजनामा हुने इण्डिया सफ्ट २०१७ हैदरावाद इन्टरनेशनल कन्भेन्सन सेन्टरमा हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने टेक्नोलोजी प्रा.लि.का व्यवस्थापक विकास तामाङले यस्ता कार्यक्रमबाट आइसिटी बारे नयाँ ज्ञान पाइने बताउनुभयो । तामाङले यो कार्यक्रमबाट नेपाली टेक्नोलोजी क्षेत्रका लागि अन्तर्राष्ट्रिय व्यापार बढ्न सक्ने र नेपालमा नयाँ टेक्नोलोजी भित्रिन मद्दत पुग्ने बताउनुभयो । विकाससफ्ट टेक्नोलोजीले गत ३ बर्षदेखी वेबसाइट डिजाइनिङ तथा डेभ्लोप्मेन्ट, वेब मार्केटिङ्, ब्रान्डिङ, मोबाईल एप्सको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया