कहिल्यै बिचलित नहुँने खप्तड, टुकुचा खोला कोरिडोर स्वर्ग बनाउँदै

काठमाडौं–माघ । यो हो, रामशाहपथ स्थित नेशनल ट्रेडिङ लिमिटेडको यन्त्र विक्रि तथा मर्मत केन्द्रसँगै जोडिएको टुकुचा खोला । केही महिना अघिसम्म यहाँको वातावरण निक्कै दुर्गन्धित थियो । खोलाबाट आउने दुर्गन्धका कारण यात्रु समस्यामा थिए । तर अहिले यस्तो छैन, खोला कोरिडोरको दुर्गन्ध हटेको छ ।

लामो समयदेखीको दुर्गन्ध दुर गर्न खप्तड सप्लायर्सले ठूलो भुमिका खेलेको छ । खप्तडले निर्माण थालेको व्यवपारिक भवनका कारण अहिले टुकुचाको दुराबस्था मात्रै फेरिएको छैन, झाडीका रुपमा रहेको खोला कोरिडोरले नयाँ रुप पाएको छ । हुनत, नेशनल ट्रेडिङको जग्गा १० बर्षका लागि भाडामा लिएर भवन निर्माण गरिरहेको निर्माण पक्षले चमत्कारीक रुपमा खोला कोरिडोरको फोहोर र दुर्गन्ध हटाउँदा पटक–पटक झमेला व्यहोर्नुपर्यो । तर कहिल्यै पनि बिचलित भएन निर्माण पक्ष । नियम कानुन पुरा गरेर केही सकारात्मक काम गर्छु भन्दा प्रधानमन्त्री कार्यालयदेखी विभिन्न सरकारी कार्यालयबाट लामो समयसम्म झेल्नुपरेको तितो घटनाले पनि खप्तडलाई बिचलित गरेन । बरु आफ्नो गन्तब्यको नजिक पुगेको छ, निर्माण पक्ष ।

पद्मोदय–भृकुटीमण्डप क्षेत्रको टुकुचा खोला अझै पनि दुर्गन्धित छ । जुन बाटो भएर यात्रा गर्नेहरु अहिले पनि नाक बन्द गरेर गन्तब्य तय गर्न बाध्य छन् । सिंहदरबार हुँदै भद्रकालीको यात्रा गर्ने पैदल यात्रुहरु एकाएक दुर्गन्ध हटेकोमा दंग छन् ।

 

तर सकारात्मक काम गर्दा झेल्नुपरेको अबरोध बारे सर्वसाधारण बेखबर छन् । १० बर्षपछि नेशनल ट्रेडिङको स्वामित्वमा जानेगरी अहिले भृकुटीमण्डपको आडैमा एउटा सुन्दर संरचना बनिरहेको छ । नाक थुन्नुपर्ने टुकुचा खोला यहि निर्माणका कारण सुगन्धित बनेको छ । वरपर हरियाली समेत बढिरहेको छ ।
सार्क सम्मेलनको क्रममा लाखै खर्चिएर भृकुटिमण्डपको थोत्रो पाल छेक्ने सरकारले भृकुटीमण्डप छेक्ने गरि सित्तैमा सुन्दर संरचना बनाइदिनेलाई सहयोग गर्नु आवश्यक ठानेन वा कुनै आर्थिक लाभको अपेक्षा पुरा नभएर हो उल्टै बारम्बार अवरोध गरिरह्यो । कहिले प्रधानमन्त्री कार्यालय, कहिले कुनै संसदिय समिति त कहिले कुनै सरकारी निकायको अबरोध खप्तडका लागि सामान्य बन्यो ।
निर्माण पक्षले यति छोटो समयका लागि संरचना बनाएको छ, त्यो पनि टाट पल्टिदै गरेको सार्वजनिक संस्थान नेशनल ट्रेडिङको यतिकै खेर गइरहेको जग्गामा । १० बर्ष पछि यो नीजि क्षेत्रको लगानी स्वतः राज्यको सम्पति बन्नेछ । तर सकारात्मक काम गर्नेहरुलाई साथ दिनुको साटो उल्टै उल्झनमा पार्ने प्रबृत्तिबाट राज्य संयन्त्र माथि उठ्न सकेको छैन । आफै निर्माण अनुमति दिने अनि नीजि क्षेत्रको लगानी प्रभावित गर्ने गरि फेरी फरक बाटोबाट अबरोध गरिरहनु पक्कैपनि राम्रो होइन ।

पब्लिक–प्राइभेट पाट्नरसिपको आधारमा आर्थिक समृद्धिको योजना अघि बढाउने कुरा गर्ने सरकार आफै नीजि क्षेत्रलाई हतोत्साहित बनाउने काममा लाग्नु कति न्यायोचित हो ? यसको लेखाजोखा सरोकारवाला पक्षले गर्नैपर्छ ।
अब फरक प्रशंगको कुरा गरौं, यो भौतिक संरचना केही बर्षपछि राज्यको सम्पति बन्नेमा कुनै दुईमत छैन । तत्काल पनि यसबाट थुप्रै सर्वसाधारण लाभान्वित हुनेछन् । थुप्रैले व्यापार–व्यवसाय गर्ने अवशर पाउनेछन् । सरकार मातहतको संस्थानको खातामा लाखौंको आम्दानी बढ्ने छ । अनि यस्तो सकारात्मक काममा अबरोध किन ? यति मात्रै होइन, निर्माण पक्षले एउटा सकारात्मक सामाजिक काम पनि गरेको छ ।

गन्ध र फोहोरले भरिएको टुकुचा खोलाकोरिडोर सफा भएको छ । काठमाडौंका नदि नाला सफा गर्ने सरकारी अभियानमा यो एउटा सहयोग हो । केही समय अघिसम्म नाक थुन्नुपर्ने टुकुचामा अहिले दुर्गन्ध हटेको मात्रै छैन । धेरैको भविश्य खुल्न लागेको छ ।

 

देशलाई व्यवहारत आर्थिक रुपमा सबल बनाउने हो भने यी र यस्ता सकारात्मक कामलाई हतोत्साहित होइन, पुरस्कृत गर्ने साहश राज्यले गर्न सक्नुपर्छ । स्वदेशी पुँजीको संरक्षण गर्ने र नीजि क्षेत्रलाई लगानीका लागी सहज वातावरण दिने दायित्वबाट राज्य कदापी बिचलित हुनुहुँदैन ।

तपाईको प्रतिक्रिया