एक्कासी मण्डपको विवाह रोकियो तर भोज खाएर हिडे जन्ती

कास्की– कविराज खनाल । कास्कीको लेखनाथ नगरपालिका वडा नंं १५ स्थित कोठेगाउामा वर्ष १४ की रुपा वि।क। र म्याग्दी जिल्ला वडा नं। १४ सिंहका २० वर्षिय तेजेन्द्र वोहोराकावीच हुन लागेको मागी विवहा वाल अधिकार कर्मीद्धारा विवहा मण्डपमै पुगी रोकीएको छ । आगनमा बिबाहको मण्डप र वाटोमा स्वागत द्धारा वरपर स्टमित्र र वारीको एक छेउमा भोजका लागि भन्छाको तयारी हुँदै थियो बाल अधिकारकर्मी, टोली सस्था, लेखनाथ नगरपालिकाका प्रतिनिधी, संचारकर्मी, सुरक्षाकर्मी,नागरिक समाज, नारी सचेतना केन्द्र लगाएत अन्य सामाजिक संघ सस्थाका प्रतिनिधीहरुको ठूलै टोली त्यहाँ पुग्दा सवैमा मौनता छायो र के भए छ भन्न लागे । यो कुनै चलचित्रको पट कथामा आधारीत कथा नभई वास्तविक घटना हो लेखनाथ नगरपालिका वाड नं १५को कोठे गाउँमा गत मंगलवार विहान भएको घटना हो । घरको एउटा कोठामा १५ वर्षिय रुपा विकलाई बेहुलीका लागि श्रृगार पोटार समेत गरिदै थियो भने बेहुलीका वावु चन्द्रमान विक अन्य आवस्यक सामाग्रीको वन्दोवस्था र बिवाहका लागि पण्डित खोज्न गाउँ तिर गएका थिए । घरभन्दा तलको बाटोवाट वावु चन्द्रमान चदराले जव पण्डितलाई लिएर आए ,घरमा मानिसहरुको ठुलै भीड जाहाा निम्तालु बेगरका मानिसहरु देखे घरमा केही अनर्थ भएछ की भन्ने भान उनमा भयो र आएर सोधे के भयो रुत्यहाँ पुगेका सवैले भने छोरीको विबाहा गर्न लाग्नु भएछ तर नानीको उमेर कम भएकाले बिबाह गर्न मिल्दैन हामी विवाह रोक्नका लागि आएका हौं भने पछि उनि स्तव्ध हुदै भावुक स्वरमा भने केटा केटीको मन्जु
रले विवाह गर्न लागेका हौ,परिवारको करकापमा होईन उनले जवाफ दिए । पछि बेहुली रुपालाई वोलाएर एकान्तमा लगेर सोध्ने काम भयो उनले ढुक्क हुदै नडराईकन भनिन हामी दुईका विच माया प्रेमले विवाहा हुन लागेको हो अरु कसैको करकापमा होईन त्यही केटासग विवाहा गर्छु उनले भनिन् ।


उपथितत सवैलाई गएका अधिकारकर्मीले सम्झाउन थाले विवाह गर्नका लागि २० वर्षको उमेर चाहिन्छ । सवैको चित्त वुझयो बेहुलीलाई पनि सम्झाउने काम भयो, अन्तिममा उनि पनि उमेर पुगेपछि त्यहि केटासँग विवाहा गर्नेमा मन्जुर भईन । माईती पक्ष सवैका आँखामा आसु टल्पलाए कस्ले सुराकी दिएर योस्तो बईजेत गरि दिए ,छोरीको भविश्य वरवाद हुने भयो भन्न लागे ।उता आमा ऋण काडेर भएको खर्च सम्झदै रुन लागिन रुदा रुदै उनि विहोश समेत भईन । गएका अधिकारकर्मीहरुले नै स्वस्थ्य प्राविधिकलाई बोलाएर उनको प्रथामिक उपचार गराए पछि उनको होस आयो र सवै कुरा वुझेपछि आमाको पनि विवाह रोक्नेमा चित्त वुझयो ।

बेहुली लिनका लागि माग्दीको सिंगा नगरपालिका वडा नं १४ बाट विहान आठ वजे हिडेका बर्ष २० का बेहुला अशोक विक आफना दाजुभाई र ईष्टमत्रिसगै गाडीवाट मध्यान्ह बेहुलीको घर आई पुगेका थिए । घर भन्दा तल बेहुलीका दाजु र दिदी बेहुलाको टोलीलाई लिन पुगे।

त्यति वेलासम्म बेहुला पक्षकालाई केही थाहा थिएन तर उनिहरुको मनमा चिसो पसिसकेको थियो किन यति धेरै मानिसको भीड लागेको होला । बेहुलालाई ल्याएर घरको पिडिमा राखियो उनि भावुक र सालिम मुद्रामा कालो चस्मा फुकालेर यत्र तत्र हेरेर वसिरहे । त्यहाा पुगेका अधिकारकर्मीहरु र संचारकर्मीले बेहुला पक्षकालाई एकान्तमा लगेर बेहुलेको उमेरका कारणले विवाहा गर्न नमिल्ने वताए । उनिहरुको अनुहारमा मलिना छायो र भन्न लागे यो के को धोका हो । हिजै भनिदिएको भए हामी याहाँ सम्म दुस्ख नै पाउने थिएन । उनिहरुमा आक्रोस छायो,बेहुला उठेर समेत हिड्न थाले ।
पछि सवैको आग्रह र कानुनी उपचारको बाटोका बारेमा जानकारी दिए पछि बेहुला पक्ष पनि बिबाहा नगर्नेमा पुगे, राज्यको कानुनलाई मान्नै पर्छ भन्नेमा उनिहरु लाग्यो र बेहुली रुपाको बिबाह गर्ने उमेर पुगे पछि उनिसँगै विवाह गर्ने निधो भएपछि अमर प्रेम जिवन्त हुने आसा र भरोसाले दुवै पक्षका वीच अहिलेका लागि विवाहा रोक्ने सहमति भयो र सामुहिक रुपमा तयार पारिएको भोज समेत खाएर बेहुला पक्ष बेहुली विना नै घर पर्कन मन्जुर भए अन्तत्वगत्वा विवहा रोकियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush