काठमाडौं– स्टनिङ एजुकेशन फाउण्डेशन एण्ड आइटी सोलुशनले काठमाडौंको मुटु पुतली सडकमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । काठमाडौं चावहिलको सफलतापछि यस फाउण्डेशन आफ्नो शाखा पुतली सडकमा पनि विस्तार गरेको हो । आधा दशकदेखि काठमाडौंको चावहिल बौद्ध स्तुपाको ठीक अपोजिट रहेर सेवा दिइरहेको यस संस्थाले आफूलाई व्यापक बनाउन शाखा विस्तार गरेको संस्था सिइओ विजय कुमार गुप्ताले जानकारी दिनुभयो ।
आइलटेस्ट, टोफेल साट, जिआरई, जिमाट लगायतको कोर्षहरूको तयारी कक्षा सञ्चालन गर्दै आएको छ भने अमेरिका, न्यूजिलाण्ड, क्यानडा, अष्ट्रेलिया थाइलाण्ड, जापान लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई पनि परार्मश तथा प्रोसेसिङको काम गर्दै आएको छ । यस फाउण्डेशनको मुख्य नारा ‘मेक द वल्र्ड यूओर क्लास रोम’ भन्ने रहेको छ ।
यस फाउण्डेशनले आइटी सम्बन्धी विभिन्न खाले कक्षा पनि सञ्चालन गर्दै आएको छ । फाउण्डेशनमा कम्युटरको बेसिक, डिप्लोमा र एडभान्स लेभलका कक्षाहरू पनि सञ्चालन हुँदै आएका छन् । अन्य इन्टिच्युउड भन्दा कम पैसामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस फाउडेश्नले विद्यार्थी सैद्धान्तिक मात्र नभएर व्यवहारिक रूपमा शिक्षा उपलब्ध गराउने वातावरण पनि मिलाएको सिइओ गुप्ताको दाबि छ ।