मिस तमाङ २०१७ को उपाधि पिङ्की घिसिङलाई

काठमाडौं– दशौ संस्करणको मिस तामाङको उपाधी पिङ्की घिसिङले जितेकी छन् । एभरेष्ट फेसन होम र नेपाल तमाङ कला संस्कृति केन्द्रको आयोजना भएको मिस तमाङको उपाधि घिसिङले जितेकी ह्न् ।

सहभागी ३५ प्रतिष्प्रधिलाई पछि पार्दै घिसिङले यो उपाधि हात पारेकी हुन् । मिस तमाङको फस्ट रनरअप नवाङ मोत्तान सेकेन्ड रनरअप रीता थिङ भएका छन् । प्रतियोगितामा फोटो जेनिकको उपाधि श्रीयाम थिङ, बेस्ट वाङकमा आस्मा मोत्तान, अनुसासनमा कुमारी भोजु, अनलाइन भोटिङमा साहारा बोल्न, मस्ट पपुलर रीता थिङ र बेसट स्माइलिङमा उपाधि गंगा पाख्रिनले जितेकी छन् ।

मिस तमाङको ताज पहिरिन सफल पिङकी घिसिङले एक लाख नगद, ५० हजार बराबरको चाँदीको क्राउन र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै फस्ट रनर अपले प्रमणपत्र र चाँदीको क्राउन सहित ५० हजार, सेकेन्ड रनर अपले ३० प्राप्त गरे । एभरेष्ट फेसन होम र तामाङ कला संस्कृति केन्द्रले विगत १० बर्षदेखि निरन्तर मिस तमाङको आयोजना गर्दै आएको छ ।

तामाङ समुदायको सामाजिक तथा सांस्कृतिक पहिचान तथा क्षमता प्रस्तुत गर्ने उद्देश्यका साथमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तामाङ समुदायबाट बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख मिस तमाङ इभेन्टकी संयोजक रन्जिता बोल्न लामाले तामाङ समुदायको सबै क्षेत्रमा प्रतिनिधित्वसँगै समुदायको पनि स्तर बृद्धि हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया