प्रेरणादायी पुस्तक “नेपालमै सकिन्छ” सार्वजनिक

टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।

लेकार्पण समारोहमा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री भएको बताए । सकारात्मक सोच, नयाँ विचार तथा उद्यमशीलता सम्बन्धी टिप्स समेटेर तयार गरिएको पुस्तकले जो कोहीमा आत्मविश्वास जगाउाने भन्दै उद्यमी कर्ण शाक्य तथा समाजसेवी उत्तम सञ्जेलले सकारात्मक सोचका पुस्तकहरु बजारमा आउानु खुशीको कुरा रहेको बताए ।

कार्यक्रममा बोल्दै “सम्भव छ” अभियानका व्यवस्थापक डिल्ली तुलाधरले नेपालमा केही हुादैन, केही गर्न सकिदैन भन्ने मानसिकता समाजमा रहेकाले सकारात्मक अभियानहरुको आवश्यकतमा जोड दिए । यसअघि प्रेरणादायी पुस्तक “सम्भव छ” लेखिसकेका भण्डारीको यो पुस्तकमा उद्यमशीलता सम्बन्धी टीप्स, डिभी/पिआर छोडेर नेपाल फर्किएका तथा मास्टर्स डिग्री सकेर सानातिना व्यवसाय मार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय व्यक्तिहरुका सन्दर्भ समेटिएको छ । जयकाली प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय रुपैंयाँ रहेको छ ।

Published On:  922पटक हेरिएको

तपाईको प्रतिक्रिया