म्यादीको मुदीमा पहुँचमार्ग निर्माण शुरू

म्याग्दी–म्याग्दीको मुदीमा निर्माण हुन लागेको अपर म्याग्दी जलविद्युत आयोजनाको पहुाचमार्ग निर्माण सुरु भएको छ । हाईड्रो ईम्पाएर प्रा.लीले निर्माण गर्न लागेको २० मेघावाट क्षमत्ताको आयोजनाको विद्युतगृह र बााध रहने स्थानसम्म पुग्ने सडक निर्माण थालीएको हो । बिमको भारवाङ र मुदीको छहरीबाट एकैसाथ सडक निर्माण सुरु भएको हो । छिट्टै मुदीको खाराबाट पनि सडक खन्ने काम सुरु हुने हाईड्रो ईम्पाएर प्रा.लीका कार्यबाहक अध्यक्ष मानबहादुर श्रेष्ठले बताउनुभयो । तिन वटा खण्डमा निर्माण हुने सडक सात मिटर फराकीलो हुनेछ् ।

भारवाङदेखि मुदीको घिमलटी भन्ने स्थानसम्म जोड्ने दश किलोमिटर सडक निर्माण कार्य आगामी असोजभित्र सक्ने लक्ष्य छ । हाल बिमको शिवरात्रीखोला सम्म मात्र सडक पुगेको छ । खिवाङ र मुदी गाउाको बेशीमा पर्ने घिमलटी भन्ने ठाउामा रहने विद्युतगृह सम्म सडक पुगेपछि कात्तिकदेखि सुरुङ निर्माण थाल्ने आयोजनाको तयारी छ । आयोजनाले निर्माण गर्ने सडकबाट मराङको कल्लेनी, मुदीको बाासबोट र खिवाङ गाउाका बासिन्दाहरु समेत लाभान्वित हुने भएका छन् ।

तपाईको प्रतिक्रिया