आर्थिक समृद्धिमा लाग्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनुपर्ने पहल गर्नुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दिक्षान्त समारोहरलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान जारी भएसागै संक्रमणकाल अन्त्य भएकाले प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न पनि आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधानले अंगिकार गरेको नीति अनुसार नै आर्थिक पारदर्शीता र कर प्रशासनलाई चुस्त बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नु भयो ।

राष्ट्रपति भण्डारीले मुलुकको लेखा प्रणालीमा आर्थिक पारदर्शीता कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराउनु भयो ।

उहाँले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले तयार पारेको आर्थिक प्रतिवेदनले बजेट तर्जुमा गर्न सरकारलाई सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया