गणतन्त्र उल्टाउने खेल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको बहानामा संघीयतालाई विफल बनाउने खेल भइरहेको बताउनुभएको छ । काठमाडौंमा मङ्गलबार भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितालगायतका उपलब्धीहरु उल्टाउने खेल भइरहेको बताउनुभएको हो ।

दाहालले कुन शक्तिले राजनीतिक उपलब्धी उल्टाउन खोजेको हो भन्ने बारे भने खुलाउनुभएन । उहााले निर्वाचनको कुरा गर्दा दलहरु ध्रुविकरण हुन खोजको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री दाहालले संविधानको स्वीकार्यता बढाएर निर्वाचन गराउन खोज्दा परिवर्तनका पक्षधर र विरोधीहरु विभाजित भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री दाहालले विभिन्न चुनौतीको सामना गर्न आफूहरु शान्ति प्रक्रियामा आएको उल्लेख गर्दै परिवर्तन संस्थागत गर्न मिलेर अघि बढ्न युवाहरुलाई आह्वानसमेत गर्नुभयो । उहााले मुलुकमा आएको राजनीतिक परिवर्तन नरुचाउने वर्गले उपलब्धीहरु उल्टाउन गरीरहेका विभिन्न षडयन्त्रलाई परास्त गर्न एक हुनुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया