मुस्लिमलाई अमेरिका प्रवेशमा लगाइएको रोक विरूद्ध गुगलका कर्मचारी प्रर्दशनमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशको विरोध गर्दै गुगलको मातृकम्पनी अल्फाबेटका हजारौं कर्मचारी प्रदर्शनमा उत्रेका छन् । गुगलका कर्मचारीहरुको प्रदर्शनलाई गुगलको नेतृत्व तहमा काम गर्नेहरूले पनि साथ दिएका छन् ।

गुगलको हालको कार्यकारी टिम र संस्थापकहरुमा केही आप्रवासीहरु पनि छन् । सान फ्रान्सिस्को अन्तराष्ट्रिय विमानस्थलमा आयोजित प्रदर्शनमा सयौंका संख्यामा गुगलका कर्मचारी सहभागी भएका थिए । गुगलका कर्मचारी विगत केही दिनयता ट्रम्पको निर्णय विरूद्ध उत्रिदै आएका छन् ।

तपाईको प्रतिक्रिया