नेपाल क्यान्सर हस्पिटल द्वारा थालेसिमियाबारे जनचेतनामूलक कार्यक्रम

ललितपुर–नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले थालेसिमिया रोगबारे सर्वसाधारणलाई जानकारी दिन जनचेतनामूलक कार्यक्रम गरेको छ । हस्पिटले सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागीतामा शनिबार थालेसिमिया सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रमा थालेसिमिया रोगबारे जानकार विशेषज्ञ डाक्टर, थालेसिमियाका विरामी, तिनका अभिवाहक र सञ्चारकर्मीको सहभागीता थियो । कार्यक्रम लोमो समयदेखि थालेसिमियाको क्षेत्रमा काम गर्दै आउनुभएका कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक अजित रायमाझी प्रमुख अथितिको रूपमा सहभागी हुनुभएको थियो ।

सन् १९२५ मा विश्वमा पहिलो पटक थालेसिमिया रोग देखा परेको भएपनि हालसम्म यसको ऐकिङ विवरण पाइएको छैन । हाल नेपाल थालेसिमिया सोसाइटीमा १ सय ८२ जना विरामी दर्ता भएका छन् । यो वाहेक नखुलेका विरामी अरू धेरै हुन सक्ने अनुमान गरिएको छ । नेपाल क्यान्सर हस्पिटलले समय समयमा विभिन्न रोग सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया