दिप्ती भट्ट , काठमाडौं । काठमाडौंको कुलेश्वरमा ग्यास पड्किदा भीषण आगलागी भएको छ । कुलेश्वर गणेशस्थान माथि रहेको रेष्टुरेन्टमा भीषण आगलागी भएको हो । आगलागी रातिको ९ बजेबाट शुरू भएको हो । स्थानीयबासीका अनुसार आगलागी ग्यास सिलिण्डर पड्केर भएको हो । करिब ६ वटा ग्यास सिलिण्डर पड्केको हुन सक्ने अनुमान गरिएको छ ।
https://youtu.be/iSZnXr5Q-H0
आगलागी पछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल कुलेश्वरमा परिचालन गरिएको थियाे। ६ दमकल र १० वटा ट्यांकरकाे सहायताले करिब सवा २ घन्टापछि आगो नियन्त्रणमा आएको हो ।