चन्द्रागिरि केबलकारमा विशेष छुट

काठमाडौं । शहीद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकटखरिद गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको जानकारी लिमिटेडद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले छुट व्यवस्थाअनुसार कूल रु. ७ सय पर्ने केबलकार टिकटरु. ३ सय पचासमा प्राप्त गर्न सकिने र टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथमै लिई आउनुपर्ने व्यवस्था लागू गरेको छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने व्यहोरा समेत विज्ञप्तिमा जनाइएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।
चन्द्रागिरि हिल्स लिमिटेडले चन्ऽागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुका लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिन बिहान साढे सात वजे काठमाडौंको महाराज गञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयााा बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुादै चन्ऽागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्कीहुादै चन्ऽागिरिसम्म केबलकार पुग्ने छ । यिबसहरु तत् स्थानहरु हुादै फर्कने व्यवस्था समेत मिलाइएको छ । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिनेछ ।

लिमिटेडले २०७३ साल माघ महिनाको प्रत्येक सोमबार पहिला टिकटखरिद गर्ने १०८ जनाले रु. १०८ मा नै टिकट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

तपाईको प्रतिक्रिया