दलिय असमझदारीका कारण चुनाव अन्योलमा

काठमाडौं–गत साल संविधान जारी गर्ने बेलामा एउटै कित्तामा देखिएका प्रमुख दलहरू अहिले फरक फरक कित्तामा अभिएका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र संविधान शसोधनसँगै स्थानीय तहको निर्वाचनलाई अघि बढाउने पक्षमा उभिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संविधान संसोधनलाई थाती राखेर चुनावलाई अगाडि बढाउने अडानमा छ ।
प्रमुख दलहरूवीच विवादित बनेको संविधान सुंसोधनको विषय अहिले राजनीतिक अवरोधको रूपमा खडा भएको छ । यही विषयमा विवाद हुँदा अबको एक बर्ष भित्र गरिसक्नुपर्ने चुनाव पनि प्रभावित भएका छन् ।
प्रमुख दलहरूवीच संविधान संसोधनका विषयमा विवाद अहिलेसम्म स्थानीय तहको चुनाव घोषणा हुन सकेको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले अबको केही दिनमै चुनावको मिति घोषणा हुने बताइरहेपनि त्यसको चुनावको मिति घोषणा हुने वातारण अझै निर्माण हुन सकेको छैन । अहिले पनि प्रमुख दलहरू आ–आफ्नै अडानमा देखिन्छन् । वर्तमान सरकार गठन बेला सत्ता साझेदार दलहरूले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सरकार गठनको एक महिना भित्र संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराउने सहमति गरेका थिए ।
त्यही सहमति अनुसार गत मंसिर १४ गते सरकारले संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरेको थियो । संविधान संसोधन प्रस्ताव संसदमा दर्ता भएयता प्रमुख प्रतिपक्ष दल एमालले प्रस्ताव खारेजीको माग गर्दै निरन्तर विरोध गर्दै आएको छ । तर सत्ता साझेदार दलहरू भने संसोधन संविधान संसोधन प्रस्तावलाई टुङ्ग्याएर अघि बढ्ने योजनामा छन् । संविधान संसोधन प्रस्ताव संसदमा एक पटक पेश भएपनि अघि बढ्न भने सकेको छैन ।

तपाईको प्रतिक्रिया