स्रोत उल्लेख नगरी छापिएका विज्ञापनप्रति काउन्सिलको ध्यानाकर्षण

विज्ञापन दाताको परिचयविना केही दिन अघि ‘कतै तपईको नाङ्गो साबुनमा बोसो त छैन’ भन्ने साबुनको रंगिन विज्ञापन र विज्ञापनलाई सपोर्ट गर्ने समाचार समेत राजधानीका केही पत्रपत्रिकाहरूमा छापिएको विज्ञापनको स्रोत को हो भन्ने विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर रुपमा ध्यानाकर्षण गराएको जनाएको छ ।
काउन्सिलले विज्ञापनको विश्वासनीयताका लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य उल्लेख गर्नुपर्नेमा त्यसको विपरीत सम्प्रेषण गरिएको विज्ञापनबाट पत्रकार आचारसंहिता, २०७३ को दफा ४ (७) र ५ (८) उल्लङ्घन भएको भन्दै विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य उल्लेख गरेर मात्र विज्ञापन प्रकाशन गर्न सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ ।

काउन्सिलले त्यस्तो विज्ञापन छपाउने सञ्चार माध्यमलाई पत्र काटेर जवाफ माग्ने निर्णय समेत गेको जनाएको छ । अहिले आएर खोल विनाको साबुनले जनस्वास्थ्यमा हानी पुग्छ भन्दै पत्रिकामा फूल पेज विज्ञापन दिने कम्पनी भारतको बहुराष्ट्रिय कम्पनी युनिलिभर रहेको समेत खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया