नेपालबाट विदेशमा निर्यात हुने गलैचाको ब्यापार खस्कदो अवस्थामा

काठमाडौं–नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको गलैचा उद्योगको राजनितिक अस्थिरता तथा सहि तरिकाको व्यवस्थापन नहुँदा नेपालले भारी अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने एउटा पाटो गुमाउदै आएको छ । गलैचा उद्योगमा दक्ष कामदार, आधुनिक प्रविधी, सहि निती तथा सरकारी निकायको सहयोग भएमा यस उद्योगबाट सर्वसाधारणले रोजगार पाउनुका साथै राज्यको अर्थतन्त्रमा समेत मद्धत पुग्ने थियो ।

प्राकृतिक सम्पदाले भरीभराउ देशले यहीँको कच्चापदार्थ तथा समय अनुसार आधुनिकीकरणलाई पनि संगै लैजान सक्यो भने नेपाली गलैचाबाट पनि मनग्य आम्दानी गर्न सकिने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी प्रसाद घिमिरेको भनाई छ ।  नेपाली गलैचा बनाउनका लागी कच्चा पदार्थ विदेशबाट आयात हुने भएकाले पनि यसको बढी मुल्यका कारण विदेशमा नेपाली गलैचाको व्यापार कम भएको निर्देशक घिमिरेको भनाई छ । खासगरी बेल्जियम, चाईना, ईन्डियाबाट गलैचाका लागी उन तथा धागोहरु आउने गरेको उहाँको भनाई छ ।

हुन त कृषी मन्त्रालय अन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेपनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन नभएको सरकारी कर्मचारी स्वयम् स्विकार्छन् । कार्यकारी निर्देशक घिमिरेका अनुसार नेपालमा विदेशको मागलाई पुरा गर्न सकिने क्षमता नभएको स्वयम् स्विकार्छन् । नेपालको गलैचा परिमाण तथा गुणस्तरका आधारमा विदेशीसंग प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाई छ । राजनितिक अस्थिरता, कच्चा पदार्थको कमी, दक्ष कामदारको अभाव, लोडसेडिङ्, तथा गुणस्तरमा प्रतिस्पर्धा गर्न नसक्दा गलैचा निर्यातमा कमी आएको उहाँको भनाई छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा मात्र ७ अर्ब ३० करोड रुपैयाको गलैचा निर्यात भएको छ । त्यस्तै सोही आर्थिक वर्ष ५५ करोड वर्गमिटर गलैचा निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया