भारतले नेपालमा हस्तक्षेप गर्न खोज्नु बेकार हो : एमाले सचिव भट्टराई 

काठमाडौं–नेकपा एमालेका सचिव योगेश भट्राईले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छाडे दुई देशीय सम्बन्ध आफै सुदृण हुने बताउनुभएको छ । विहीबार काठमाडौमा भएको कार्यक्रमा सचिव भट्राईले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप बेकार रहेको बताउनुभयो ।

भट्राईले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने बताउनुभयो । उहाँले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने सचिव भट्राईको भनाइ थियो ।

तपाईको प्रतिक्रिया