महिनामा लाखौं कमाउने शैलुनले सरकारलाई कर तिरदैनन्

दिप्ती भट्ट– काठमाडौं–शहरका गल्ली गल्ली र चोक चोकमा रहेका शैलुनले राज्यलाई कर तिर्दैनन् । महिनामै लाख भन्दा बढि आय आर्जन गर्ने शैलुनहरूलाई न  राज्यले करको दायारामा ल्याउन सकेको छ । अझ नेपालका अधिकांश सैलुन त भारतीय नागरिकहरूले सञ्चालन गर्दै आएका छन् । नाई संघका अनुसार अहिले देशभर १५ हजार शैलुन रहेका छन् । तर यतिकै संख्यामा रहेका अधिकांश सैलुन करको दायरा भन्दा बाहिर रहेका छन् ।

यस्ता सैलुनहरूले न्यूनतम दार्‍ही काटेको ५०, कपाल काटेको ८०, हेयर स्ट्ेरट गरेको १ हजारदेखि १५ सय रूपैयाँसम्म लिने गरेका छन् । सरसती हेर्दा सामान्य चल्ने सैलुनको मासिक कारोबार १ लाख भन्दा बढि हुने गर्दछ भने केहीले त महिनामै ५/६ लाखको कारोबार समेत गरेको पाइन्छ । महिनामै यति ठूलो कारोबार गर्ने शैलुन न त नियमसंगत दर्ता भएर राज्यलाई कर तिरेका छन् न त राज्यले यस्ता सैलुनहरूलाई करको दायरामा ल्याउन सकेको छ ।

तपाईको प्रतिक्रिया