अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेपाललाई फाइदा नहुने संकेत, नेपाललाई गर्ने सहयोगमा ब्यापक कटौती

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ सहयोग नीतिले नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो असर पार्ने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नेबित्तिकै जारी गरेको नयाँ सहयोग नीतिले नेपालमा सञ्चालित परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रममा  असर पर्ने  देखिएको हो । ट्रम्पले यो नीति सार्वजनिक गरे लगत्तै यसले नेपालमा स्वास्थ्य क्षेत्रमा असर पर्ने देखिएको हो ।

निवर्तमान राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा खारेज गरेको ‘म्याक्सिको सिटी पोलिसी’ ट्रम्पले राष्ट्रपति कार्यभार सम्हालेलगत्तै पुन: लागू गर्ने भएका हुन् । ट्रम्पले लिएको नीति अनुसार सुरक्षित गर्भपतन सेवा र त्यसबारे जनचेतना जगाउने गैरसरकारी संस्थालाई अमेरिकी सरकार र अमेरिकी निजी फाउन्डेसनले प्रदान गर्दै आएको सेवा रोकिने अवस्था आएको हो । यो नीतिअनुसार नेपालमा मातृ मृत्युदर बढ्न सक्ने औल्याइएको छ ।

तपाईको प्रतिक्रिया