असहाय तथा जरूरत मानवीय सहायता नेपालबाट बालबालिकालाई एक महिनाको रासन प्रबन्ध

काठमाडौँ । असहाय तथा जरुरत मानवीय सहायता नेपालले तारकेश्वर नगरपालिकाको फुटुङमा अवस्थित नेपालको बालबालिकाहरुका लागि ज्योति नामक अनाथ बाललबालिका संरक्षण संस्थालाई एक महिना पुग्ने खाद्यान्न तथा पाठ्यपुस्तक लगायत सहयोग गरेको छ ।

आश्रममा हाल १६ जना १२ वर्ष मुनिका बालबालिका छन । उनीहरुको एक महिना बराबरको लाग्ने रासन असहाय तथा जरुरत मानवीय सहायता नेपालले सहयोग गरेको हो । आश्रममा रहेका टुहुरा गरिब तथा असहाय बालबालिकालाई संस्थाको सामाजिक सुरक्षा दायित्व अन्तर्गत सहयोग गरिएको संस्थाका अध्यक्ष डेभिड आचार्यले बताउनुभयो । आश्रमकी अध्यक्ष मनकुमारी खड्कालाई संस्थाका अध्यक्ष डेभिड आचार्यले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

संस्थाका अध्यक्ष डेभिड आचार्यले मासिक रुपमैँ सम्पूर्ण सहयोग आफूहरुले गर्ने बताउनुभयो । ‘आगामी दिनमा आश्रममा रहेका बालबालिकाको उचित शिक्षादीक्षाका लागि पहल गर्ने संस्थाले नीति लिएको छ । संस्थाका सबै सदस्यले स्वेच्छाले दिएको सहयोग हस्तातरण गरेका छौँ । ’ आचार्यले स्पष्ट पार्नुभयो । राहत पाएपछि संस्थाकी अध्यक्ष मनकुमारी खड्काले भावुक हुँदै धेरै पछि बालबालिकालाई खानपानको व्यवस्था जुटेकोमा हर्षित हुनुभयो । ‘यस्तै सहयोगी हातहरु आगामी दिनमा रहेमा बालबालिकाको भविष्य उज्ज्वल बनाउन सकिन्छ ।

वास्तवमा सरकार भन्दा यस्ता सहयोगी हातहरु नै महान् छन । ’ निकै भावुक हुँदै यस्तो धारणा राख्नुभएको थियो । दुई जना असहाय बालबालिकाबाट शुरु भएको आश्रममा हाल १६ जना पुगिसकेका छन् । गरिब, दिनदु:खी बालबालिकाका लागि आश्रमले नि:शुल्क खानेबस्ने र शिक्षाको व्यवस्था गरेको छ । दैनिक जसो बालबालिका विभिन्न स्थानबाट आउने गरेको भएपनि आर्थिक अवस्थाका कारण आफूले राख्ने मन हुँदाहुँदै पनि नसकेको उहाँले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया