धुँवा र धूलोको साम्राज्य भित्र काठमाडौं उपत्यका, सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड

काठमाडौं–काठमाडौं उपत्यका अहिले धूवाँ धूलोको साम्राज्य भित्र छ । उपत्यकाको चारैतिर चलेको सडक विस्तारको कछुवा गतिमा हुँदा यसले सर्वसाधारण स्वास्थ्यमा प्रत्यक्ष असर गरेको छ । विकास निर्माणको काम हुनु आफैमा सहरानीय पक्ष हो तर त्यसले बर्षौसम्म नागरिकको स्वास्थ्यमा खेलवाड गर्नुभनको चाँहि गतल हो । नेपालको संविधान २०७२ को धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरिएको छ । तर, दुरदराज को अवस्था त पराईजावस् राजधानी कै हालत यस्तो छ ।

नागरिकको स्वच्छ र स्वस्थ सँग बाच्न पाउने अधिकार खोसिएको छ । अझ संविधानले नागरिकलाई धुलोबाट बचाउने मात्र हक दिएको छैन, कुनै पनि प्रदूषकले क्षति पुर्‍याएबापत क्षतिपूर्ति दिनुपर्ने व्यवस्थालाई समेत मौलिक हकमा समेटेको छ । तर यो मौलिक हक केवल कागजमा सिमिति छ । यता राजधानीमा फोहोरमैला व्यवस्थापन पनि झन्डै दुई दशकदेखि चुनौतीकै रूपमा छ । वातावरण संरक्षण ऐनले फोहोर गर्ने र वायु प्रदूषित गर्ने व्यक्तिलाई तुरुन्तै कारबाही र दण्डसजाय गर्ने अधिकार छ । नियम कानुन एकातिर थन्किएको छ, काम भने अर्कातिर । विज्ञहरूका अनुसार तुलनात्मक रूपमा प्रदूषणको यो मात्रा जाडो मौसममा अझ बढी हुन्छ । युनाइटेड नेसन्स कन्भेन्सन फर क्लाइमेट चेन्जले सदस्य राष्ट्रलाई वायु प्रदूषणको मात्रा सरदर १५ प्रतिशत घटाउन निर्देशन गरेको छ ।

तरपनि यसको कुनै सुनुवाई भएको छैन । परिणाम चिसोयामसँगै प्रदुषित वायुका कारण उपत्यकाबासीमा श्वास प्रश्वाससम्बन्धी समस्या बढ्न थालेको छ । अत्यधिक धुवाँ धुलोसहितको प्रदुषित वायुका कारण राजधानीबासीमा सीओपीडी, निमोनिया र दम जस्ता रोगका विरामी बढ्न थालेका छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र अहिले दैनिक तीस जनासम्म विरामी यस्ता समस्या लिएर पुग्छन् ।

सरकारी अस्पताल बाहेक अन्य निजी अस्पतालमा भर्ना हुने बिरामीको संख्या अझ बढि हुने सरकारी अस्पतालका चिकित्सकहरुको दाबी छ । राजधानीको अहिलेको मुख्य समस्या भनेको सडक विस्तार, मेलम्ची खानेपानी योजना लगाएतका कामबाट भत्किएका सडक नै हो । यसबाहेक सवारी साधन, उधोगधन्दा लगाएतबाट निस्कने धुवाँधुलोले पनि वायु प्रदुषण निम्तिएको छ । हुन त जिम्मेवार निकाय प्रदुषण कम गर्न विभिन्न योजना तयार भएको दाबी गर्छन् । तर त्यो योजना कागजमा मात्र सिमित छ ।

तपाईको प्रतिक्रिया