लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेट द्धारा पोशाक तथा शैक्षिक सामाग्री वितरण

पोखरा–लायन्स क्बल अफ पोखरा सेन्ट्रल स्टेटले पोखरा उपमहानगरपालिका वडा नं २८ अर्मलाको जनता आधारभूत विद्यलयमा ४१ जना बिद्यर्थीहरुलाई तयारी पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा लायन्स क्बल अफ डिस्ट्रिक टुटु फाइभ वि वानका फस्ट डिस्ट्रिक प्रस्सिडेन्ट लायन धनराज आचार्यले शैक्षिक सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले लायन्स क्बल अफ पोखरा सेन्ट्रल स्टेट छोटो समयमा नै राम्रो काम गर्ने उदारण्ीाय क्बलका रूपमा अगाडी बढिरहेको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई कपडा नदिइकन पोशाक नै तयार गरेर दिनु सहरानीय काम भएको बताउनुभयो ।

कार्यक्रममा क्बलका द्धितियि उपाध्यक्ष कृष्ण तिमिल्सिनाले आर्थिक सहयोग गर्ने संस्था केटाकेटी नेपाल फ्रान्स तथा समन्वय नेपाललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । बालबालिका हरुका लागि पोशाकका रुपमा सर्ट, पाइन्ट, स्वेटर तथा शैक्षिक सामाग्रीका वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक डिल्लिराम आचार्यले श्रोत अभावका कारण शैक्षिक गुणस्तर बढाउन नसकिएको अवस्थामा क्बले गरेको सहयोगले बिद्यालयको शैक्षिक स्तर र  उन्नतीमा ठूलो सहयोग पुर्‍याउने धारणा राख्नुभयो ।

क्लबका अध्यक्ष बद्रि पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियार प्रसन बाबुराम अधिकारी,  एक्सटेन्सनचियार प्रसन नारायन सिग्देल तथा क्लबका फ्रस्ट चियर प्रसनदयाल गिरी, कोषाध्यष सन्दिपकुवार लगायतका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । लायन्स क्लबको पोखरा सेन्ट्रल स्टेट २०१५ मा स्थापना भएपनि पोखराामा छोटो समयमै पोखरा छुट्टै पहिचान बनाउन सफल लायन्स क्बल रहेको कुरा क्लबको मिडिया डिरेक्टर बलराम तिमिल्सिनाले जानाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया