सामाजिक सद्भाव खलल पुर्‍याउने समाचार प्रेषित नगर्न प्रेस काउन्सिलको निर्देशन

काठमाडौं–आम सञ्चार माध्यम र पत्रकारहरूको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले केही समययता मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावका विरुद्ध केही व्यक्तिहरूले दिएका अभिव्यक्ति र क्रियाकलापलाई केही मिडियाले प्रोत्साहित गर्ने तरीकाले समाचार सामग्री सम्प्रेषण गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई आँखाको नानीझैं संरक्षण र सम्वद्र्धन गर्नपर्ने उल्लेख गर्दै आमजनतालाई सजग बनाउन राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।
यस विपरीत समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (१) को समेत उल्लङ्घन हुने हुँदा त्यस्ता समाचार–सामग्री सम्प्रेषण नगर्न–नगराउनका लागि काउन्सिले सम्बद्ध सबै मिडियाहरूलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया