काठमाडौ । सौगात मन्टेश्वरी स्कुलले बुधबार आयोजना गरेको सौगात आइकन २०१७ मा ३ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितात्मक कार्यक्रममा स–साना बालबालिकाहरुले नृत्य, गायन, फेसन र बक्तृत्वकला प्रस्तुत गरेका हुन । जसअनुसार ५ बर्षिय पियान्सु मोक्तान प्रथम भए । बियोन्स गुरुङ द्वितिय, न्ह्युसा सिन्हा तृतीय भए भने सुजल पनेरुले उत्कृष्ट मुस्कानको उपाधी जिते । प्रतियोगितामा अंकित जोशी बेस्ट वाक, अभिनव थापा बेस्ट फोटोजेनिक र सौम्य अधिकारीले बेस्ट ट्यालेन्टको उपाधी प्राप्त गरे ।
फोटोग्राफर राजभाइ सुवाल, गायिका लोचन भट्टराई, व्युटिसियन गंगा पाठकसहितको निर्णायक मण्डलले प्रतियोगीताको मुल्यांकन गरेको थियो । निर्णायक मण्डलले पियान्सु मोक्तानलाई सौगात आइकन २०१७ को बिजेता घोषित गरेको थियो । बिजयी प्रतियोगीहरुलाई नेपाल टेलिभिजनका महेश दाहालले पुरस्कार वितरण गर्नु भयो ।
कार्यक्रममा स्वजन रघुबंशी र शर्मिला महर्जनले नृत्य निर्देशन गर्नु भएको थियो । नायिका तथा मोडल क्षितिजा शाक्यले तयार पार्नुभएको डिजाइनमा विभिन्न जातजातिका पहिरनमा सजिएर बालबालिकाहरु मञ्चमा प्रस्तुत भएका थिए ।