पोखरामा ग्राहकको पहिलो रोजाइमा पर्न सफल एम के ज्वेलरीज

पोखरा– पोखरामा सुन्न किन्ने ग्राहकको पहिलो रोजाइमा पर्न सफल छ एम के ज्वलेरीज । सुन चाँदी विक्रीका लागि पोखरामा अन्य विभिन्न ब्रान्ड चलेका ज्वलेरीजका शाखाहरू भएपनि ग्राहकको रोजाइमा भने एम के ज्वलेरीज नै पर्ने गरेको छ । एम के ज्वलेरीजका व्यवस्थापक विश्व पौडेलका अनुसार अहिले दैनिक ३/४ सयको हाराहारीमा ग्राहक आउने गरेका छन् ।

एम के ज्वेलरीजमा पोखरा आसपासका मात्र नभई तनहँु, स्याङजा, पर्वत, बाग्लुङ लगायतका जिल्लाबाट पनि सुन चाँदी किन्नका लागि ग्राहक आउने गरेको व्यवस्थापक पौडेल बताउनुहुन्छ । झण्डै एक दशकदेखि ग्राहकहरूलाई सेवा दिएको यस ज्वलेरीजलाई बर्षौसम्म सुन पसलमा काम गरेर अनुभव बटुलेका विश्व पौडेल र मनोज अधिकारीले सञ्चालन गर्नुभएको हो ।

ज्वेलरीजका सञ्चालक मनोज अधिकारी भन्नुहुन्छ,‘ हामीले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेका छौ, त्यसैले हामीलाई ग्राहकरूले माया गर्नुभएको छ र टाढा टाढादेखि पनि हाम्रोमा सुन चाँदी किन्न आउनुहुन्छ’ । उहा भन्नुहुन्छ, ‘सबैलाई थाहा भएकै कुरा नेपाली समाज र संस्कृतिमा सुनको प्रयोग गर्ने र सुनमा आर्कषण भएकाहरू धरै नै छन्, सुनमा चासो राख्ने र सुन लगाउन रहर गर्ने ग्राहकको मागलाई हामीले विषेश ध्यान दिएका कारण पनि पोखरामा सुन विक्रीमा एम के ज्वेलरीज शुरूमै आउने नाम हो’ । एम के ज्वेलरीज पोखराको चिप्ले ढुङ्गामा रहेको छ ।  

तपाईको प्रतिक्रिया