काठमाडौं–रेमिट्यन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको योजना ल्याएको जनाएको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्म लागु हुनेछ ।
योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोगमार्फत गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्रयोग कर्ताले प्राप्त गर्न सकिने कुरा कम्पनीले विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।
बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरूका वारेमा आईएमईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालमा रेमिटेन्स व्यवसायलाई संस्थागत विकास गर्न महत्वपूर्ण भुमिका खेलेको आईएमईले पछिल्लो समयमा आएर कार्डमा आधारित रेमिटेन्स सेवालाई समेत मुख्य प्राथमिकता दिएको जानकारी आईएमईका प्रवन्धक राजु पौडेलले गराउनु भएको छ ।
रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कुरा विज्ञप्तिमा जनाएको छ ।