लाइन्स क्लब अफ पोखरा लेकसाइड द्वारा शैक्षिक सामाग्री वितरण

पोखरा– लाइन्स क्लब अफ पोखारा लेकसाइडले कास्की ल्वाङघलेलको तक्रोममा रहेको श्री शंकर प्रावि र कास्कीकै सुइखेतमा रहेको श्री अम्बिका सेकेण्डरी स्कुलमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले कापी कलम झोला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

क्लबले  दुवै स्कुलमा गरी करिब ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको हो । यस अघि पनि पटक–पटक विभिन्न स्कुलमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको क्लबले निरन्तर विद्यालय सहयोग कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री उपलब्ध गराएको हो । समाजसेवाको क्षेत्रमा लाइन्स क्लब अफ पोखारा लेकसाइडले विगत पाँच बर्षदेखि काम गर्दै आएको छ ।

Published On:  938पटक हेरिएको

तपाईको प्रतिक्रिया