युवा पुस्तामा लोकप्रिय बन्दै गायक प्रेम

काठमाडौं– गायक प्रेम सेन पछिल्लो युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएका छन् । एक पछि अर्को गर्दै आएका प्रेमका गीतलाई युवा पुस्ताले निकै मन पराएको पाइन्छ । सानी, तिम्रो पाउजु, चौबन्दी, थाहा छैन, म दोषि भए लगायत दर्जनौ गीत स्वरका धनी सेनले गाउनुभएको छ । प्राय: युवा बर्गको रोजाइ अनुसारका गीत गाउने प्रेमले युवा पुस्ताबाट पनि उस्तै प्रेम पाउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘मेलै गाएका गीतहरू युवा पुस्तामा नै बढि लोकप्रिय छन्, माया प्रेम सम्बन्धीका गीत भएका कारणले गर्दा पनि गीतहरूमा युवा पुस्ताबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’ ।  सेन थप्नुहुन्छ ‘युवा मनहरूले चाहे अनुसारको गीत छनोट गरेर गाउने हो भन्ने संगीत क्षेत्र व्यवसायिक बन्न सक्छ जस्तो मलाई लाग्छ , हुन त गीत संगीत हरेकलाई उत्तिकै मन पर्छ यसमा कसैको दुईमत छैन तर पनि युवा पुस्ताले गीत रूचाए भने त्यसको महत्व अझ बढ्नै रैछ ।

गायक  सेनको स्वरमा मिठास पाउनेहरूको जमात हिजो आज जतासुकै देख्न सकिन्छ । स्वदेशकै कार्यव्यवस्ताले अरू कलाकार जस्तो विदेशमा हुने कार्यक्रममा सहभागी नहुनु भएका सेनको अबको कार्ययोजना समय मिलायर विभिन्न देशमा हुने कार्यक्रममा प्रस्तुती दिने छ । सेनले गाएका गीतहरू यू टुबमा पनि उतिकै हेरिएका र सुनिएका छन् । कति युवाहरू आफ्नो कलालाई नै भुलेर विदेसिएको सन्र्दभमा सेनले भने आफ्नो कला र क्षमतालाई स्वदेशमा प्रस्फुटन गरेर बसिरहनुभएको छ । सेन छोटो समयमै आफ्नो सांगीतिक यात्रा मार्फत युवाको मन जित्न सक्ने क्रियाशील युवा गायक पनि हुनुहन्छ ।

Published On:  1327पटक हेरिएको

तपाईको प्रतिक्रिया