काठमाडौं–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने वित्तिकै देशभरका ३ सय ५० वटा तुइन विस्थापन गरेर झोलुङ्गेपुल र पक्की निर्माण गर्ने निर्णय गर्नुभएको थियो । तर आज केपी ओली नेतृत्वको सरकारको हटिकन प्रचण्ड नेतृत्वको सरकारले पनि सात महिना पूरा भइसकेको छ ।
यो अवधि सम्म जम्मा तीन वटा तुइन हटेर झोलुङ्गे पुल बनेका छन् । निर्णय गर्दा तत्कालै तुइन व्यवस्थापन गर्ने बताएको ओली सरकारले आफ्नो कार्यकालमा तुइन हटाउने मामिलामा प्रभावकारी काम गर्न सकेन । तुइन हट्न नसक्दा अहिले सम्बन्धित क्षेत्रका स्थानीय आवत जावतका लागि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् ।
पाइक पर्ने स्थानमा पुल नहुादा सुर्खेतका दश स्थानका बासिन्दा अहिले पनि तुइनबाटै जोखिपूर्ण यात्रा गर्न बाध्य छन् । तुईनबाट तर्दा केहीले त ज्यानै समेत गुमाइसकेका छन् । अरु समयमा तुइन तर्न केही सहज भएपनि बर्षातमा भने एकदमै समस्या हुने गरेको छ । पुल अभावमा तुईनको जोखिमपूर्ण यात्राले सम्बन्धित क्षेत्रका गाउालेलाई संधै सन्त्रास हुने गरेको छ । पुल नहुँदा दैनिक उपभोग्य मालसामान ओसारपसार, औषधि उपचार, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवतजावत गर्न सास्ती व्यहोर्नु परेको छ ।