गाम्का नेपालले आफ्नो स्वार्थका लागि मेडिकल जाँच रोक्दा २० हजार कामदारको विचल्ली

काठमाडौं– साउदी अरब, बहराइन र ओमनमा काम गर्न जाने कामदारको मेडिकल जाँच गर्ने संस्था गाम्का नेपालले शुल्क बृद्धिको नाममा १७ दिनसम्म मेडिकल जाँच रोक्दा यो अवधिमा झण्डै वीस कामदारको भिसा प्रक्रिया अवरुद्ध हुन पुग्यो । गाम्काले मेडिकल जाँचका लागि लिइदै आइको ५५ सय रूपैयाँ बृदि गरेपछि ६५ सय रूपैयाँ बनाएपछि सरकारले रकम बृद्धि अवैधानिक भएको भन्दै शुल्क बढाउन नदिएपछि गाम्काले मेडिकल जाँच नै रोकेको थियो । गाम्काले मेडिकल जाँच रोकेपछि भिसा आवेदन गर्ने प्रक्रिया समेत रोकिएको थियो ।

साउदी अरब, बहराइन र ओमन तीनवटै देशमा मेडिकल नगरी भिसा आवेदन गर्न नपाइने निमय छ । बढाएको शुल्क कार्यान्वयन नर्गन सरकारले निर्देशन दिएपछि गाम्काले १७ दिनपछि सोमबारबाट मात्र मेडिकल जाँच पुरानै शुल्कमा शुरू गरेको छ । यतिका समयसम्म देशका विभिन्न ठाउँबाट बैदेशिक रोजगारका लागि आएका कामदारले गाम्का नेपालकै कारण सास्ती खेप्नुपर्‍यो ।

सरकारले केका आधारमा कामदारलाई भार पर्ने गरी मेडिकल शुल्क बढाइएको भन्ने स्पष्ट नभएसम्म गाम्कालाई थप शुल्क उठाउन नदिने अडान लिएपछि गाम्काले १७ दिनमा बाध्य भएर मेडिकल जाँच शुचारू गरेको हो । विवादका कारण गत जनवरी १ देखि मेडिकल जाँच रोकिएको थियो । खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिल जीसीसीको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएको  भन्दै गाम्काले शुल्क बढाएको थियो ।

तर यसको आधिकारी जानकारी सरकारलाई नभएकाले सरकारले यसलाई अवैधानिक भनेको थियो । सरकारले जीसीसीले कामदारलाई आर्थिक भार नपर्ने गरी शुल्क बढाएको भन्दै श्रम तथा रोजगार मन्त्रालयले गाम्कालाई थप रकम उठाएर विदेश पठाउने प्रक्रियालाई रोकिदिएको थियो । अहिले गाम्का अन्र्तगतका १२ वटा मेडिकल सेन्टरले बैदेशिक रोजगारमा जाने कामदारको मेडिकल चेक गर्दै आएका छन् । गाम्काले मेडिकल गरेबापत तोकिएको बैंकमार्फत विदेशी बैंकमा रकम पठाउन राष्ट्र बैंकसँग सिफारिस पनि मागेको थियो ।

तपाईको प्रतिक्रिया