के कारण मृत्यु भएको थियो प्रतिभाशाली गायक यम बुद्धको ?

काठमाडौ– अनिल अधिकारी अर्थात यम बुद्ध परिचित चर्चित गायक  लन्डनमा मृत भेटिएको पुष्टि भएपनि उनको मृत्यु के कारणले भएको थियो भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन । लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ ।

मृत्युको कारण र विस्तृत विवरण भने अझै नआएको हो । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । २९ बर्षिय अधिकारी श्रीमतिका साथ लन्डनमा थिए । मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत बजारमा चर्चित छन् ।

तपाईको प्रतिक्रिया