दक्षिण एशिया स्तरीय प्रेस काउन्सिल संगठनको निर्माण कार्य सम्पन्न

टीकादास श्रेष्ठ÷काठमाडौं– काठमाडौ, प्रेस काउन्सिल नेपालको आयोजनामा भारत, बंगलादेश, साइप्रस–टर्किस्का पे्रस काउन्सिल अध्यक्ष लगायतका अन्य भ्रमण दलका प्रतिनिधिहरूले नेपाल भ्रमण गरी दक्षिण एशिया स्तरीय प्रेस काउन्सिल संगठनको निर्माण गर्ने कार्यलाई अन्तिम रुप दिएको छ ।
प्रेस काउन्सिल नेपालले बिहिबार भ्रमणदलमा रहेका प्रतिनिधिहरूको स्वागत र अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रमका बीचमा संगठन निर्माण गर्ने कार्यले अन्तिम रुप प्राप्त गरेको जानकारी काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले गराउनुभएको थियो । कर्कीले भारत र बंगलादेशका अध्यक्षहरूको नेतृत्वमा भएको उच्चस्तरीय भ्रमण प्रेस काउन्सिल नेपालका लागि अविस्मरणीय तथा उपलब्धिमूलक हुनुको साथै यसले आपसी मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास आपूmले लिएको बताउनुभयो ।

उहाँले नेपाल अहिले भूकम्प र राजनीतिक संक्रमणले गहिरो पिडामा परेको हुँदा नेपाली जनता, यहाँका मिडिया र पत्रकार आप्mनो देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता, सामाजिक सदभाव र सम्मानको अपेक्षा छिमेकी मुलुकहरूबाट गर्छन् भन्ने सन्देश सहभागीहरूलाई पु¥याइदिन आग्रह गर्नुभयो ।
विश्व प्रेस काउन्सिलका अध्यक्ष डा. सुले अकरले विश्वव्यापी रुपमा थप बढ्दै गएको असुरक्षा, आतंकवाद, पर्यावरणीय ह्रास, गरिब र धनी बीचमा बढ्दै गएको दुरीका विषयमा मिडियाहरूले उल्लेखनीय भूमिका खेल्नुपर्ने बताउँदै संगठनको माध्यमबाट विश्व शान्ति, पर्यावरणको संरक्षण, आय र धन सम्पत्तिको समानुपातिक वितरण जस्ता साझा लक्ष्य पूरा गर्नका लागि पनि मिडिया सम्वद्धहरू कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्ययक्ष जस्टिस सि.के प्रसादले सार्क अन्तरगतका मुलुकहरूको मिडियाहरूमा आचार संहिता उल्लघन गर्ने घटना र पत्रकारिताको नैतिक मूल्य मान्यतामा सँधै दुविधा हुने गरेको बताउनुभयो । यस समस्याप्रति सङ्केत गर्दै प्रसादले अब शार्क स्तरीय प्रेस काउन्सिलहरूको संगठनको माध्यमबाट यी देशहरूका मिडियासम्वद्ध संस्थाहरूसँग आपसी सहकार्य गर्दै समस्या समाधान गर्न यस भ्रमणले महत्वपूर्ण भूमिका खोलेको दाबी गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस मुहम्मद ममताजउदिनले विगतमाभन्दा अहिले सार्क मुलुकहरू प्रेसको सम्मान र स्वतन्त्रता प्रदान गर्न धेरै अग्रसर भएको धारणा राख्दै नेपालले पनि मिडिया र पत्रकारहरूको क्षेत्रमा प्रदान गरेको स्वतन्त्रताको खुलेर सम्मान गर्नुभयो । उहाँले नेपाल, भारत र बंगलादेश एउटै सडक सञ्जालले जोडिएको हुँदा तीनैै मुलुकका मिडिया र पत्रकारहरूसँग सम्वद्ध सञ्जालहरू सँगै सहकार्य गरेर अगाडि बढ्न सकिने कुरामा समेत जोड दिनुभएको थियो ।
कार्यक्रममा विश्व प्रेस काउन्सिलका अध्यक्ष तथा टर्किस पे्रस काउन्सिलका प्रोफेसर सुले अकर, विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ (नेपाल), भारत प्रेस काउन्सिलका अध्यक्ष जस्टिस सि.के प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस मुहम्मद ममताजउदिन लगायतका प्रतिनिधिहरू उपस्थिती रहेको थियो । सो अवसरमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष श्रेष्ठले शार्क स्तरीय प्रेसकाउन्सिल प्रतिनिधि मण्डलको भ्रमणले संगठन निर्माणमा कोशेढुंगा सफल भएको दाबी गर्दै अब मिडियाका मुद्दाहरूका सम्बन्धमा पनि आपासी सहकार्य गरेर अगाडि बढ्ने कार्यको थालनी भएको बताउनुभयो ।

अध्यक्ष कार्कीले विदेशी पाहुनाहरू सबैलाई शान्तिको प्रतिक बुद्धको मुर्ति, नेपाली टोपी, एक सिङ्गे गैंडाको मुर्ति र नेपाली हस्तकलाबाट निर्मित गलैचा उपहार प्रदान गरेर प्रतिनिधि मण्डलको स्वागत गर्नुभएको थियो । १४ जनाको भ्रमण दलका प्रतिनिधिहरूले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत भेटघाट गरेको थियो ।

तपाईको प्रतिक्रिया