प्रहरीलाई एकैदिन दुई ठूला सफलता , १५ किलो सुन र ५ करोड अवैध मुद्रा बरामद

काठमाडौं– माघे सक्रान्तेको दिन शनिबार प्रहरीले दुई ठूला अपराधमा सफलता हात पारेको छ । प्रहरीले रसुवागढीबाट काठमाडौं अवैध रूपदा भित्राउन लागिएको १५ किलो सुन र काठमाडौंको नाङ्गढुङ्गाबाट बाहिर ओसारपोसर गर्न लागिएको झण्डै पाँच करोड अवैध मुद्रा प्रहरीले बरामद गरेको हो । महानगरिय प्रहरी परिषर काठमाडौले रसुवाबाट आउने गोसाईकुण्ड यातयात व्यवसायी समितिको टाटा सुमोबाट अवैध रूपमा काठमाडौं भित्राउन लागिएको १५ किलो सुन पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न भक्तपुर सूर्यविनायक रविन्द्र भुजेललाई पक्राउ गरेको छ भने घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।

सुराकीका आधारमा प्रहरीले ना १ ज ४९६४ नम्बरको टाटा काठमाडौंको चमतीमा चेकजाज गर्दा उक्त अवैध सुन बरामद गरेको थियो । प्रहरीले प्रक्राउ गरेको उक्त सुनको मूल्य ७ करोड नेपाली रूपैयाँ हुन आउँछ । त्यस्तै, महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न देशका मुद्रा काठमाडौंबाट बाहिर लैजादा गरेको अवस्थामा काठमाडौं नाङ्गढुङ्गाबाट झण्डै ५ करोड बराबरको उक्त रकम पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न तीन जना चाइनिज कारोबारी पनि पक्राउ गरेको छ । घटनामा संलग्न कारोवारीहरूबाट प्रहरीले अमेरिकन, अष्ट्रेलियन, क्यानडियन, जापानी चाइनिज लगायतका मुद्रा बरामत गरेको छ ।

तपाईको प्रतिक्रिया